Logo
Logo

डरलाग्दोसँग फैलिँदै गएको



सुद्धोधनको छोरा सिद्धार्थ
जन्मे लुम्बिनीमा
हुर्के, बढे शाक्य राजधानीमा
विवाह गरे, छोरा पाए बिताए २९ वर्ष
आफ्नै मुलुक नेपालमा
बुद्धत्व प्राप्त गरे
हजारौँ वर्ष बित्यो
ऋृषिमन उद्घोषक भन्न थाले–
बुद्ध हामीकहाँको हो
तिम्रो होइन
ऋृषिमन उद्घोष गरेर बन्दैन
मनको मैलो फालेपछि मात्र बन्छ
सरहदपारि हिजो शासक थिए
ऋृषिमन, ऋृषिओज भएका
बुद्ध पहिचान बनाएका
अनि गाडे अशोक स्तम्भहरू नेपालमा
बुद्ध जन्मेको थलो चिनाउन
अहिलेकाले जङ्गे स्तम्भहरू ढालिरहेका
जमीन हडपिरहेका
बुद्ध नेपालको होइन भनिरहेका

अब त माता सीता पनि होइन भन्न थाले
मिथिलाका नरेश जनक
उनको छोरी सीता
मिथिला नेपालमा, हाम्रो जनकपुर
राम आए मिथिलामा अयोध्याबाट
विवाह गरेर लगे जानकीलाई
मर्यादा पुरुषोत्तम राम नेपालको ज्वाइँ बने
राम जानकी विवाह पर्व
परम्परा बनेको सधियौ देखिको
अब भन्न थाले जानकी भारतकी छोरी
नेपालकी होइन, हुँदै होइन
नेपाल नै भारतको थियो

नेपाल –
सबभन्दा पुरानो मुलुक यस क्षेत्रको
कहिले पराधीन नभएको
दुई सय वर्ष उपनिवेश भारत हुँदा
आफ्नो स्वतन्त्र अक्षुण्णता राखेको
त्यस्तो स्वतन्त्र मुलुक नेपाललाई
भारतबाट बनेको सम्म भन्न थाले

प्रयास –
बुद्ध लैजाने
सीता लैजाने
जमीन लैजाने
पानी लैजाने
चुरे नरहोस् तर बालुवा गिट्टी लैजाने
पाएसम्म काम लग्ने सबै लैजाने
ठुलोले हालीमुहाली गर्ने
सानोको केही पनि नरहने
यो कस्तो मानसिकता
डरलाग्दोसँग फैलिँदै गएको

प्रतिक्रिया दिनुहोस्