Logo

सेनाको बस दुर्घटनामा ३० जना घाइते


Published On : 14 December, 2019

कावासोती, २८ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनी हिँडेकोे नेपाली सेना सवार बस शनिबार आज बिहान दुर्घटना हँुदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् ।
ना ६ ख ४०४ नंको बस आफँै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएको छ । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्