Logo
Logo

खाडीचौरमा बस दुर्घटना, १४ जनाको मृत्यु, १८ घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा आज बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो । दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाइएकोे छ । अन्यको घाइतेको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्