काठमाडौं, २९ मंसिर ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। त्यसअघि नेकपाको सचिवालय बैठक बसिरहेको छ ।
बैठकका लागि आइतबार विहान बालुवाटारमा बसेको सचिवालय बैठकले पाँच वटा एजेन्डा तय गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुनेछ।
विधान संशोधन, केन्द्रीय किमिटी बैठक, नेपाल भारत सीमा विवाद र अन्य गरी पाँच वटा एजेन्डा सचिवालय बैठकले तय गरेको श्रेष्ठले जानकारी दिए।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने उनले बताए। एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बस्न लागेको हो ।











