Logo
Logo

गोंगबुमा सिलिन्डर बिष्फोट, पाँच गम्भीर घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ।
गोंगबुमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन्। दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोटन हुँदा पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।


महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ छन् । विस्फोटमा परी केहीको अङ्गभङ्गसमेत भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बिष्फोटको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्