Logo
Logo

वान एक्स बेट प्रकरण : युट्युबर राजकुमार थापा पक्राउ


6k
Shares

काठमाडौं । युट्युबर राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । वान एक्स बेटको प्रचार गर्ने गरेको आरोपमा प्रहरीले २२ वर्षीय थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल–८ स्थायी घर रहेको उनी हाल बूढानीलकण्ठ बस्दै आएका छन् । उनले आफ्नो युट्युब च्यानलबाट वान एक्स बेटको प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड दिएर विज्ञापन गरेको प्रहरीको आरोप छ । उनलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ ।

केहीदिन अगाडि वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जना कलाकार, युट्युबरलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको दुई पटकको म्याद सकिएपछि थप ५ दिनको समय थप्न अनुमति दिएको हो ।

प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, ध्रुवे बल्छी, एलिस राईसहितका कलाकारलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्