काठमाडौं, २९ मंसिर ।
एक वर्षको अन्तरालपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बसेको छ । आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन् ।

बैठकका लागि आइतबार विहान बालुवाटारमा बसेको सचिवालय बैठकले पाँच वटा एजेन्डा तय गरेको थियो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुनेछ। विधान संशोधन, केन्द्रीय किमिटी बैठक, नेपाल भारत सीमा विवाद र अन्य गरी पाँच वटा एजेन्डा सचिवालय बैठकले तय गरेका थियो ।












