Logo

सांग्रिला डेभलपमेन्टको १४औँ साधारण सभा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १४औँ साधारण सभा सम्पन्न भएको छ । सभाले आ.ब.२०७४ र ७५ को आर्थिक विवरणहरुसहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्रप्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
श्रेष्ठको प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सभाले पारित गरेको छ । रु.२ अर्व ५० करोड ६३ लाख ८५ हजार चुक्ता पंूँजी भएको यस विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७४ र ७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस करसहित सो साधारणसभाबाट पारित गरेको छ ।
बैकको शेयर रजिष्ट्रार एनआइविल क्यापिटल मार्केन्ट लिमिटेडबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ । सो बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय हुनेछ ।
विकास बैंकले आफ्नो मुुलनारा स्थानीय विकासको आधार भन्ने मुुलमन्त्रलाई आत्मसाथ गर्दै दुुर्गम तथा ग्रामीण क्षेत्रका जनताहरु बिच सेवा विस्तार गर्ने क्रममा हालसम्म सातवटै प्रदेशमा गरि ७७ वटा शाखा संजाल रहेको यस विकास बैंकको काठमाडौ उपत्यकामा थप पाँचवटा शाखाहरु पेप्सीकोला, टोखा, नयांबानेश्वर, सानेपा, र ठीमी भक्तपुुरसहित विकट हिमाली दुुर्गम जिल्ला हुुम्लाको सिमीकोटमा सञ्चालन गर्दै आएको छ ।
त्यस्तै बयलबास, जितपुुर, धरान र लाहान गरि १० वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति प्राप्त भई निकट भविष्यमा संचालन हुुने क्रममा रहेका बैंकले जनाएको छ । हालसम्म विकास बैंकले करिब २ लाख ६० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको छ ।
एपोलो हस्पिटल, नयाँदिल्ली इन्डियासँग सम्झौता गरि यस विकास बैंकका भिजा कार्ड प्रयोगकर्ता ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिँदा उक्त सेवाहरुमा १० प्रतिशतसम्म छुुट पाउने बैंकले जनाएको ।

प्रतिक्रिया दिनुहोस्