Logo
Logo

भृकुटीमण्डपमा पुस ४ देखि ६ मा व्यापार विशेष अन्तराष्ट्रिय प्रदर्शनी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल फाइभ पि नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न, साझा मञ्च प्रदान गर्न एक मात्र उद्योग व्यापार विशेष अन्तराष्ट्रिय प्रदर्शनी ४ देखि ६ पौष २०७६ मा भृकुटीमण्डप काठमाडौंमा हुने भएको छ ।

नेपाल चेम्बर अफ कमर्समा आइतबार आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बरको पीएचडी चेम्बरसँग समझदारीपत्रमा हस्ताक्षर भई सहकार्य भइरहेको र २÷३ महिना अगाडी मात्र रिजर्भ वायर्स सेलरर्स सम्बन्ध र नेपाल भारत व्यापार सम्बन्धमा विशेष कार्यक्रम भएकाले मेलामा जिल्ला चेम्बरको सहभागिता हुने जानकारी दिए । उनले नेपाल इन्डिया सेन्टरको स्थापना पछि चेम्बरले यस किसिमका क्रियाकलपाहरुले थप प्रोत्साहन सहित सूचना प्राप्त गरि द्धिपक्षिय व्यापार , लगानी प्रबद्र्धनमा समेत यो मेलाले ठोस अवसर प्राप्त गरिनुपर्नेमा जोड दिए ।

पिएचडी चेम्बर अफ कमर्सका प्रिन्सिपल डाइरेक्टर नविन सेथले नेपाल सार्क क्षेत्रमा दु्रत गतिमा बढिरहेको प्रमुख बजार भएकाले यस प्रदर्शनीले हजारौं सँख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाउँमा उभ्याउँदै पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता बीचको सिधा सम्पर्क प्रवद्र्धन गर्न आयोजकले विश्वास लिएको बताए । नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढी कम्पनीहरुले चाईना, ताईवान, जर्मनी इटाली र नेपालका अन्य ५० कम्पनीहरु प्रदर्शनीमा सहभागिता जनाउने उनले बताए । छिमेकी मुलुकहरुबाट मात्र नभई यूरोप, अफ्रिका र अन्य एशियाली मुलुकहरुबाट प्रदर्शनहरुको सहभागिता रहने यस प्रदर्शनीलाई अन्तराष्ट्रिय स्तरको कार्यक्रमको रुपमा विकास गर्न सक्नु गर्वको विषय भएकाले यस वर्षको नारा “बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमारो” नेपाल फाईप पि प्रर्दशनीको तयारी अन्तिम चरणमा पुगेको सेथले जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्स, भारतको पि एच डी च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ एशोसिएसनन अफ इन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल यस नेपाल फाईप पी एक्स्पोलाई सफल पार्ने भूमिकामा रहेका छन् ।

यस प्रर्दशनीमा प्रोसेसिङस मेसिनरी उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बि बकक, इन्डक्सन, मोल्डिङ् मेसिन, प्रिन्टिङ मेसिन, टेप प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी , प्रिन्टिङ स्पेर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, सिलाई मेसिनका उत्पादकहरु, प्याकेजिङ मेसिनरी, यार्प फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेट बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता रहने छ । सप्लायर्स र उत्पादकहरुको माझा मञ्च मात्र नभएर नेपाल फाइभ पिले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पु¥याउन संसारभरीका उत्कृष्ठ प्रविधि र प्रयासहरुलाई भित्र्याउने अपेक्षा आयोजकहरुको छ ।

सबै विधाका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङस उद्योगहरुले आफ्नो सहभागिता जनाए पनि उच्च कोटिका ब्राण्डहरु जस्तै गुरुचरन इन्ड्रस्टिज, निलगिरी मसिनरिज, जेके पेपर लि. ए के आर इन्डस्ट्रिज, एन ए पिच ग्राफिक्स, जेन सिल्क, नर्थ पोइन्ट प्योकजिङ स्विस प्याक प्रा.लि. ओरियन्ट माइक्रो एब्रेसिभस् लि. हेक्सा प्लास्टको सहभागिताले यस प्रर्दशनीको विशेष महत्व राख्दछ ।

प्रतिक्रिया दिनुहोस्