Logo
Logo

संयुक्त राष्ट्रसंघका उपमहासचिव लाक्रोइक्सद्वारा नेपालको प्रशंसा




काठमाडौं । शान्ति सेनासम्बन्धी विभाग हेर्ने संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पिर्रे लाक्रोइक्स नेपाल भ्रमणमा आएका छन् । चार दिने भ्रमणका लागि नेपाल आएका लाक्रोइक्स शुक्रबार फर्किने कार्यक्रम छ ।


उपमहासचिव लाक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रम तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सेनापति प्रभुराम शर्मा र प्रहरीका महानिरीक्षकहरुसँग भेटवार्ता गरेका छन् ।


भेटका क्रममा उपमहासचिव लाक्रोइक्सले नेपालले शान्तिसेना पठाएर अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई सहयोग पुर्याएकोमा प्रशंसा गरेका छन् ।


साथै नेपालले जुन १३ देखि १६ सम्म संयुक्त राष्ट्रसंघसँग मिलेर पीटीपीआईएस सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भब्यताका साथ आयोजना गरेको छ । राष्ट्रसंघका उपमहासचिव लाक्रोइक्सले उक्त कार्यक्रम आयोजना गरेकोमा नेपाललाई बधाइ दिएका छन् । त्यो कार्यक्रमको संयोजन रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले गरेका थिए । साथै सो अवसरमा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले पुर्याएको योगदान सम्बन्धमा उनले कार्यपत्र समेत प्रस्तुत गनर््ुभएको थियो । उक्त कार्यपत्रको ५० भन्दा बढी देशका सहभागीहरुले खुलेर प्रशंसा गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेना र परराष्ट्र मन्त्रालयको तर्फबाट पनि कार्यपत्र प्रस्तुत गरिएको थियो ।


शान्ति मिसनमा धेरै सैनिक पठाउनेमा नेपाल दोस्रो स्थानमा छ । शान्ति मिसनमा उत्कृष्ट काम गरेको आधारमा नेपालले धेरै अवसर पाएको हो ।

प्रतिक्रिया दिनुहोस्