Logo
Logo

लिखुमा उपाध्यक्ष सहायता कक्ष स्थापना, फोन गर्दा पैसा नलाग्ने


2.8k
Shares

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकामा उपाध्यक्ष सहायता कक्ष स्थापना गरिएको छ । हिंसा पिडित तथा अन्य नागरिकहरुलाई दिईने न्यायीक सेवालाई सहजता बनाउनका लागि उपाध्यक्ष सहायता कक्षको स्थापना गरिएको हो ।

लैङ्गिक हिंसामा परेका तथा गाउँपालिकाबाट सम्बोधन हुन सक्ने खालका कुनैपनि गुनासो, उजुरीलाई सम्बोधन गर्न कक्षको स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले जानकारी दिए । उनले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उपाध्यक्ष थापाका अनुसार यस सहायता कक्षमा रहेको टोल फ्रि नम्बरले गाउँपालिका भित्रको न्याय सम्पादन सम्बन्धिको सेवा प्रवाहमा सहजता हुनेछ । उपाध्यक्ष सहायता कक्षमा रहेको टोल फ्रि नम्बर १८१०५०००००७ मा कल गर्दा पैसा तिर्नु पर्दैन ।

यसमा फोन गरेर लिखु गाउँपालिकाका नागरिकहरुले आर्थिक वर्ष २०८०÷८१ का लागि भएको नीति तथा कार्यक्रम, न्याय सँग सम्बन्धित उजुरी, सुझाब, गाउँपालिकाको विकासका लागि गर्नुपर्ने कदमकहरुको बारेमा रचनात्मक सुझावहर समेत टोल फ्रि नम्बरमा फोन गरेर राख्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्