Logo
Logo

कोशी प्रदेशसभामा बजेट अध्यादेश पेश गरिँदै


630
Shares

काठमाडौं । कोशी सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी अध्यादेश पेश गर्ने तयारी गरेको छ ।

आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्नुभन्दा पहिले बजेटसम्बन्धी अध्यादेश पेश हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

कार्यसूचीको सुरुमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेको पत्र वाचन गरिनेछ ।

त्यसपछि पुनः संविधानको धारा २०२ बमोजिम प्रदेश सभामा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश २०८० र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०८० पेश हुने कार्यसूची रहेको छ ।

दुईवटै अध्यादेश प्रदेश सभामा पेश भएपछि मात्रै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रिया अघि बढ्ने छ । आज बिहीबार दिउँसो १ बजेको लागि कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्