Logo
Logo

एमाले नेतृत्वको सरकारलाई मत सकिँदैन : इन्द्र आङ्बो


1.3k
Shares

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता आङ्बोले यस्तो बताएका हुन् । संघीय सरकारको गठबन्धनमा रहेका दललाई साथ दिनु आफूहरुको कर्तव्य रहेको उनको भनाइ छ ।

राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा गठबन्धन परिवर्तन भएपछि ढिलोचाँडो प्रदेश सरकारबाट आफूहरु बाहिरिएको उनले बताए ।
नेता आङ्बोले भने, ‘जुन गठबन्धनले साथ दिएर त्यो सरकार बनेको छ त्यो गठबन्धनले नयाँ राजनीतिक कोर्स सुरुवात गर्न आग्रह गरेपछि स्वाभाविक रुपमा हामी त्यो आग्रहबाट बाहिर जान सक्दैनथ्यौं ।’

नेता आङ्बोले एमालेको व्यवहार र कार्यशैलीका कारण सहकार्य टुटेको दाबी गर्दै तत्कालका लागि एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्