Logo
Logo

ट्राफिक सचेतनाका लागि डिआइजीदेखि मन्त्रीसम्म सडकमा




धनगढी । ट्राफिक नियमको पालना तथा दुर्घटनाको न्यूनीकरणको उदेश्यले आइतबार धनगढीमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रहरीका डिआइजीदेखि प्रदेश मन्त्रीसम्म सहभागी भएका छन् ।


धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर स्थित श्री मालिकार्जुन दार्चुला सेवा समिति कैलालीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सहकार्यमा कार्यक्रम आयोजना भएको हो ।


समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामी प्रमुख अतिथी थिए । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल , सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बहादुर बोहरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुख एसपी नेत्रमणि गिरी, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्र पाल, मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष महेन्द्र राज पन्त तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख इन्सपेक्टर वीरेन्द्र सिंह जोहारी लगायत उपस्थित थिए । समाजसेवी, व्यवसायी, संचारककर्मी, खेलाडी, बिद्यार्थी, शिक्षक तथा चालक–सहचालक सचेतना कार्यक्रममा सहभागी भएका थिए ।


तारानगरदेखि धनगढी ट्राफिक चौराहासम्म हात–हातमा ट्राफिक सचेतना सम्बन्धि प्लेकार्ड र ट्राफिक सचेतना सम्बन्धि पर्चा पम्पलेट वितरण गरी सचेतना गरिएको थियो । सचेतना कक्षा समेत सञ्चालन गरिएको इन्सपेक्टर जोहारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्