Logo
Logo

असार २१ गते कांग्रेसले बोलायो जिल्ला सभापतिहरुको भेला


945
Shares

काठमाडौं । नेपाली कांग्रेसले असार २१ गते जिल्ला सभापतिहरुको भेला डाकेको छ । कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जिल्ला सभापतिहरुको भेला डाकिएको जानकारी दिएका हुन् ।

उनका अनुसार नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया/छलफल गर्न भेला डाकिएको हो । जिल्ला सभापतिहरुको भेला केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

कांग्रेसले सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ । विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण हुने हुँदै आएको थियो । यसपटकदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र गरेर सदस्यता वितरण गर्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्