काठमाडौं, २ पुस ।
एक वर्षपछि सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक चलिरहेको छ । बैठकमा केही नेताहरुले नेतृत्वको चर्काे आलोचना गरिरहेका छन् ।
बैठकमा चर्काे बहस हुनु सामान्य हो । तर, नेकपाका युवा नेताहरु भने सामाजिक सञ्जालमा नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । नेकपाका युवा सगठनका राष्ट्रिय युवा संगठनका संयोजक र सहसंयोजक नै यस्तो आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

तत्कालिन माओवादी निकट एक अनलाइनले नेकपाको सबै जिम्मेवारी प्रचण्डको काँधमा रहेको एउटा लेखेको छ । त्यही समाचार शेयर गर्दै संयोजक रामप्रसाद सापकोटाले प्रचण्डप्रति अनुदार रहेका पूर्व एमालेका कतिपय नेताहरुको भरोसा जित्न प्रचण्ड प्रारम्भिक रुपमा सफल देखिएको र पार्टीमा ठूलै चिरा परेकाले प्रचण्डले एक्लै कति थाप्न सक्छन् हेर्न बाँकी रहेको उल्लेख गरेका थिए ।
त्यसउपर सहसंयोजक रमेश पौडेलले ‘यी पार्टी एक्लै होइन सामूहिक दुवै अध्यक्षको पहल र अगुवाईमा चलेको हैन र कमरेड । कि केपी कमरेडको नाम लिन मिल्दैन’ भनेर सोधेका छन् ।
दुवै युवा नेताले परिपक्कता नेदखिएको र यस्ता गतिविधिले पार्टी एकतालाई झन् समस्यामा पार्ने भन्दै पार्टी कार्यकर्ताहरुले आलोचना गरेका छन् ।
साग खेलकुदमा डिएपी राठौर रुगम कुँवरको बल प्रयोगका कारण नेपाल प्रहरी मात्र होइन देशकै अन्तर्राष्ट्रिय बेइज्जत हुन पुगेको थियो । सामान्य विवादमा उनीहरुले सर्वसाधरण र पत्रकारमाथि निर्मम कुटपिट गरेका थिए ।
पछिल्लो समय संयोजक र सहसंयोजकबीच विवाद बढेको छ । संयोजक नसच्चिए समस्या हुने भन्दै सहसंयोजक पौडेलले अन्र्तवार्तामा चेतावनी समेत दिएका थिए । संयोजक सापकोटामा सबैलाई मिलाउन सक्ने क्षमता नभएको भन्दै संगठनभित्र विवाद बढ्दै गएको छ । उनले पूर्व एमालेको आलोचना गर्ने र प्रचण्डको अत्याधिक प्रशंसा गर्दै आएका थिए । त्यस्ता व्यक्तिहरुालाई आफुहरुले नेता नमान्ने भन्दै तत्कालिन युवा संघका नेताहरु आक्रोशित बनेका छन् ।
केही दिनअघि पौडेलको नेतृत्वमा तत्कालिन युवा संघ नेपालका नेताहरुले मात्र पार्टी महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएर जिम्मेवारी नपाएका नेताहरुलाई जिम्मेवारी दिन माग गरेको थियो ।












