Logo
Logo

रोजेको मन्त्रालय पाए सरकारमा जान जनमत तयार


4.5k
Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले रोजेको मन्त्रालय पाए अहिलेनै सरकारमा जाने बताएको छ । प्रतिनिधि सभामा ६ सिट भएको जनमतले आफूले रोजेको मन्त्रालय पाए तत्कालै सरकारमा सहभागी हुने बताएको हो ।

यसअघि जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो । तर, केही समय खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको जनमतले आफूले बनाएको चुनावी एजेन्डा उद्योग मन्त्रालयबाट मात्रै पूर्ति हुने बताउने गरेको छ । अहिले सरकारमा जाँदैगर्दा त्यही मन्त्रालय खोजेको छ ।

पूर्वखानेपानीमन्त्रीसमेत रहेका अब्दुल खानले जनमत पार्टी अहिल्यै सरकारमा जान तयार रहेको बताए । तर, त्यसका लागि आफुहरुले पाउनुपर्ने मन्त्रालय लगायतका विषयहरू टुङ्गिनुपर्ने उनले बताए ।

जनमतले दाबी गरेको उद्योग मन्त्रालय सत्ता साझेदार दल नेपाली कांग्रेसका रमेश रिजालसँग छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनमतलाई सरकारमा सहभागी गराउने प्रयासमा छन् ।

यसअघि आइतबार मात्रै प्रचण्डले जनमतका अध्यक्ष डा. सीके राउतसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्