Logo
Logo

निजामती कर्मचारीका सन्ततीलाई १७ करोड छात्रवृत्ति वितरण




काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततीलाई १७ करोड रुपैयाँ भन्दा धेरै छात्रवृत्तिको रकम दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारीका ६ सय ८७ जना सन्तानले यस्तो छात्रवृत्ति पाएका छन् ।


सरकारले १७ करोड ९१ लख ८६ हजार छात्रवृत्तिमा खर्च गरेको छ । चिकित्साशास्त्र अध्ययन गर्ने एक सय ४४ जनलाई मात्र ७ करोड १७ लाख दिइएको छ । त्यस्तै, इन्जिनियरीङ पढ्नेले पाँच करोड ६९ लाख लिएका छन् । सरकारले गत वर्षदेखि निजामती कर्मचारीका सन्तानलाई यस्तो छात्रवृत्ति दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्