
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर (भदौ)मा चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्री एमपी साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुनेगरि तयारी भइरहेको जानकारी दिए ।
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले करिब १ महिनाअघि भारतको भ्रमण गरेर फर्किएका थिए । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई चीनले भ्रमणको औपचारिक निम्तो पठाएको थियो । तर, उनले आफ्नो पहिलो विदेश भ्रमण भारतलाई नै बनाएका थिए ।














