काठमाडौं । सत्तारुढ गठबन्धन दलकोे वैठक वालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । गठबन्धनभित्रको पछिल्लो अवस्थाबारे पनि आजको बैठकमा समीक्षा हुने बताईएको छ ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा भएको छलफलबारे पनि आजको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।
हिजो जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग समेत प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए । उनले राउतलाई सरकारमा सामेल हुन समेत आग्रह गरेका थिए । यस्तै, कोशी प्रदेश सरकार गठनका विषयमा पनि केन्द्रमा नेताहरूबीच छलफल हुने बताइएको छ ।










