
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो ।
यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । थारू सुपर हेवा कम्पनीका सहायक चालक रहेको प्रहरीले जनाएको छ ।
चालक थारूको शव सोमबार आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा शवप रीक्षण गरिएको छ । थारूको सोमबारै खाँदबारी नगरपालिका–९ स्थित मनकामनाघाटमा थारू परम्पराअनुसार अन्त्यष्टि गरिएको छ। बाढी पहिरामा परेर अन्य १९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।
चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले तीनवटा पक्की पुलमा क्षति पु¥याको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ।














