Logo
Logo

अर्थ समिति बैठकमा पलास्टिकका बोत्तल हटाइयो


504
Shares

काठमाडौं । संसदीय समितिमा पलास्टिकका बोत्तल निषेध गर्न सुरु गरिएको छ ।

हालै अर्थ समितिको बैठकमा पलास्टिकका पानीको बोत्तलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको छ ।

सो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिदै पर्यावरण संरक्षणमा सानो उपलब्धी भएको बताए ।

उनले स्टिलको जग तथा सिसाको गिलास बैठक कक्षमा आउन थाले पछि सामाजिम सञ्जालमा लेखेका छन, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोटल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसाको भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद।’ उनी अगाडी लेख्छन, ‘सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ, नेपालको जय होस्।’

प्रतिक्रिया दिनुहोस्