Logo
Logo

खेलकुद परिषद् कार्यसमितिमाथि छानविन गर्न माग


945
Shares

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले वर्तमान खेलकुद परिषद् कार्यसमितिमाथि छानविन गर्न माग गरेको छ ।

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राज्यबाट दिइएको उपदानमाथिको स्वेच्छाकारी खर्च, अनियमितता र भ्रष्टाचार भएको भन्दै वर्तमान खेलकुद परिषद् कार्यसमितिमाथि छानविन गर्न माग गरेको हो ।

संघले नर्वौ राष्ट्रिय खेदकुदमा पनि भ्रष्टाचार भएको आशंका गर्दै सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगाएत खेल पूर्वाधारका लागि खर्च भएको विवरण र निर्णयसहितको खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ भने १९ औं एशियन गेम्सको बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षणको तुरुन्त व्यवस्थाका साथै सहभागी खेल र खेलाडीहरुको औचित्य पुष्टाई गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले राज्य र खेलकुद परिषद्बाट बर्षमा एकपटक एक खेलको अनिवार्य राष्ट्रिय प्रतियोगीता गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको जानकारी दिनुभयो । उनले खेलकुद क्षेत्रमा कुनै पनि बहानामा हुने अनियमितता र भ्रष्टाचारको निष्पक्ष छानविन हुनुपर्ने र परिषद्का गतिविधिहरुलाई पारदशी गर्नुपर्ने बताए ।

संघले खेलाडीहरु आफ्नो खर्चमा आवतजावत गर्ने भएपनि परिषद्का सदस्य सचिवले खर्चको दुरुपयोग गर्दै मासिक दुई लाख भन्दा बढिको भाडाको गाडी चढ्ने गरेको भन्दै यस्ता खर्चलाई खेलाडीको हक हितमा प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै संघले खेल संघ गठनको अन्तराष्ट्रिय मान्यता भनि संविधानसंग बाझिने ऐनको व्यवस्था तुरुन्त खारेज गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्