Logo
Logo

प्रतिनिधिसभामा मुलुकी संहिता सबन्धी बिद्येयक प्रस्तुत गरिने


693
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैँछ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको बिद्येयक टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको बिद्येयक २०८० माथी दफावार छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।

साथै सो बिद्येयकमाथी छलफल भए पछि त्यसमा आएका संसोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस बिद्येयकलाई आजै पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्