Logo
Logo

२४ घन्टामा २२ सय सवारी चालक कारबाहीमा


441
Shares

काठमाडौं । ट्राफिक नियम उलङ्घनको आरोपमा मंगलबार २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् ।

जसअनुसार मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन ।

यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्