
काठमाडौं । काठमाडौं प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी जितेन्द्र बस्नेतले पाएका छन् ।
काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय मंगलवार सचिवमा बढुवा भएसँगै उनको ठाउँमा गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बस्नेतलाई मन्त्रालयले काठमाडौंको सिडिओको रुपमा पठाउन लागेको हो ।
उनले भोली (बिहिबार) देखि जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । बस्नेत यसअघि गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारी भईसकेका छन् ।










