Logo
Logo

सशस्त्रमा सेनाकै जस्तो अनुशासनः नेता भेट्नुअघि अनुमति लिनुपर्ने




काठमाडौं । सशस्त्र प्रहरी बलभित्र कर्मचारीलाई अनुशासनमा कडाई गरिएको छ । सशस्त्रका कर्मचारीले नेता तथा मन्त्रीलाई भेट्नुअघि प्रहरी महानिरीक्षकको सचिवालयमा जानकारी गराउनुपर्ने भएको छ ।


गत शुक्रबार सबेको सशस्त्र प्रहरीको परामर्श समितिको बैठकले यस्तो आचारसंहिता कडाईका साथ कार्यान्वायन गर्ने निर्णय गरेको हो । केही सशस्त्र प्रहरी अधिकारी व्यक्तिगत फाइदाको लागि नेता र मन्त्रीको निवास धाउने प्रवृत्ति देखिएपछि यस्तो कडाई गर्न थालिएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए ।


नेपाली सेनामा पनि यस्तै कडा अनुशासन छ । व्यक्तिगत फाइदाका लागि राजनीतिक लबिइङ गरेको पाइएमा सेनामा जागिरबाटै बर्खास्तसम्मका कारबाही हुन्छन् । सशस्त्र प्रहरीले पनि संगठनलाई बलियो र अनुशासित बनाउन यस्तै अनुशासनको पालना सुरु गरेको छ ।


पछिल्लो समय सशस्त्र प्रहरीमा सरुवा बढुवामा राजनीतिक चलखेल न्युनीकरण भएको छ । कमाण्डका लागि पहिले नै पूर्वानुमान सूचि प्रकाशन हुन्छ । जसअनुसार पालैपालो सबैले कमाण्ड पाउने भएकाले यसमा कसैको सोर्सफोर्स चल्दैन । बढुवालाई पनि त्यसैगरी पारदर्शी बनाउन लागिएको छ । विदेश तालिमको पनि पहिले नै सूची निकालेर यसलाई निष्पक्ष बनाइएको छ । वृत्ति विकासका अवसरलाई पूर्वानुमानयोग्य बनाइएपछि अनुशासनमा पनि कडाई थालिएको सशस्त्र प्रहरीका एक उच्च अधिकारी बताउँछन् । कसैले लुकिछिपी नेता भेटेमा त्यस्तालाई कारबाही समेत गर्ने सशस्त्र प्रहरी नेतृत्वको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्