Logo
Logo

रमेश खरेलद्वारा सिआइबीको प्रशंसा




काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा पनि अनुसन्धानको अनुमति पाएपछि यसको विस्तृत अनुसन्धान गर्ने बाटो खुलेको छ । यसअघि कीर्ते मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।


बुधबार अदालतले संगठित अपराध कसुरमा पनि अनुसन्धान गर्न अनुमति दिएपछि अब यसमा संलग्नमाथि अनुसन्धानका लागि प्रहरीसँग पर्याप्त समय हुने भएको छ । प्रहरीले यस्तो विस्तृत अनुसन्धानको हिम्मत गरेकोमा पूर्व प्रहरीले समेत प्रशंसा गरेका छन् । पूर्वडिआइजी रमेश खरेलले समेत सिआइबीको प्रशंसा गरेका छन् ।


उनले फेसबुकमा लेखेका छन्–
बालुवाटार जग्गा प्रकरणमा नेपाल प्रहरीले सरकारी कागजात किर्तेमा मात्र अनुसंन्धान नगरी संगठित अपराधमा समेत अनुसंन्धान सुरु गरेको सुन्दा गर्वले छाती चौडा भएको छ। निर्दाेष नपरोस अपराधीहरु कुनैपनि हालतमा उम्किनु हुदैन। सुशासन चाहने आम नागरिकको साथ नेपाल प्रहरीलाई सदैब रहनेछ।

प्रतिक्रिया दिनुहोस्