Logo
Logo

उदयपुरमा जिप दुर्घटना, तीनको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

उदयपुर, ३ पुस ।
उदयपुरको उदयपुरगढी गाँउपालिका – ३ तामडाँडमा बिहीबर बिहान भारतीय नम्बर प्लेटको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
उदयपुरगढीबाट कटारी जाँदै गरेको एस के ०१ पिबी ३०६८ नम्बरको जिप दुर्घटना हुँदा उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय टिकनारायण श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिननारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

उदयपुरगढी गाउँपालिका ३ का वडाअध्यक्ष मनोज कार्कीका अनुसार दुर्घटनामा घाइते भएका पाँच मध्ये दुई जनाको अवस्था गम्भीर रहेकोले विराटनगर अस्पतालमा उपचार भइरहेको छ । अन्य तीन जनाको उदयपुरगढीमा उपचार भइरहेको उनले बताए । जिप भारतको सिक्कीमबाट आएकोले घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।
आफन्त भेटघाट गरी फर्कने क्रममा जिप दुर्घटना भएको वडा नम्बर २ का वडाअध्यक्ष इन्द्र राउतले बताए । मृत्यु भएका तीनै नाम मजदुरीको लागि पोखरा जान जिपमा सहयोग मागि चढेका थिए ।
बाक्लो हुस्सुको कारण दुर्घटना भएको स्थानीयले अनुमान गरेका छन । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ । घटनास्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा रहेकोले इलाक प्रहरी कार्यालय कटारी र प्रहरी चौकी उदयपुरगढीबाट प्रहरी घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्