Logo
Logo

परिवर्तनको नेतृत्व गरेको पार्टी भएकाले विचलित नहुनु : रमेश लेखक


1.4k
Shares

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा ठूला राजनीतिक परिर्वतन भएको स्मरण गराउँदै वर्तमान अवस्थामा विचलित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज कञ्चनपुरको बेलौरीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख सचेतक लेखकले कुनै पनि पार्टी कार्यकर्ताले मन कमजोर बनाउने अवस्था नरहेको बताए ।

‘कुनैले पनि बिचलित हुने, कमजोर मन बनाउने, आत्तिने, तसिर्ने, भाग्ने काम छैन’, नेता लेखकले भने, ‘अहिले कतिपय कुरा सुनिने गरेको छ, फलानो पार्टी आइहाल्यो, फलानो मान्छे आइहाल्यो भन्नेको पछि लाग्नु आवश्यक छैन ।’

उनले मुलुकमा ठूलाठूला राजनीतिक उथलपुथल भए पनि ती राजनीतिक उथलपुथललाई समेत सम्बोधन गरेर सबै व्यवस्थामा नेतृत्व गरेर कांग्रेस अघि बढेको बताए ।

‘संवैधानिक राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा हरेक समयको नेतृत्व गरेर देशमा परिवर्तन र स्थायित्व ल्याउने कांग्रेस हो’, लेखकले भने, ‘अहिले भर्खर च्याउ जस्ता जन्मिएका, उम्रिएका पार्टीसँग अब कांग्रेस सिद्धिन्छ भन्ने ढङ्गले तपाईंहरूले हेर्न थाल्नुभयो भने त्यसको अर्थ तपाईंले कांग्रेस बुझ्नु भएन भन्ने हुन्छ ।’

पार्टीप्रति अविचलित भएर लाग्नसमेत उनले कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरे । कांग्रेस सबैभन्दा बढी आफूलाई समयसापेक्ष रूपान्तरण गर्नसक्ने पार्टी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्