Logo
Logo

नेपालगञ्ज कारागारभित्र एक कैदीले गरे आत्महत्या


9.1k
Shares

जानकी । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।

प्रतिक्रिया दिनुहोस्