Logo
Logo

प्रहरीमा चेन अफ कमाण्डको समस्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ पुस ।
संस्था भन्दा व्यक्तिलाई केन्द्रमा राखेर निर्णय हुन थालेपछि नेपाल प्रहरीमा चेन अफ कमाण्डको समस्या देखिएको छ । जुनियर डिआईजीको कमाण्डमा सिनियर डिआईजी परेपछि समस्या देखिएको हो ।


गृह मन्त्रालयले डिआईजी विश्वराज पोखरेललाई बुधबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रुपमा सरुवा गरेको थियो । महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा पोखरेल भन्दा सिनियर डिआईजी सूर्य प्रसाद उपाध्याय कार्यरत छन् । विमानसथल प्रहरी मेट्रो अन्र्तगत नै पर्दछ । आफुभन्दा दुई ब्याच जुनियर रहेका डिआईजी पोखरेलको कमाण्डमा चल्नुपर्ने अवस्था आएपछि डिआईजी उपाध्याय तनावमा छन् । सोही कारण उनी विदमा बसेका छन् ।
सुरक्षा निकायका चेन अफ कमाण्डको ठूलो महत्व हुन्छ । चेक अफ कमाण्ड मेन्टेन नभएमा सुरक्षामै त्यसको प्रत्यक्ष असर पर्न सक्छ । तर, डिआईजी सरुवामा यो विषय प्रहरी प्रधान कार्यालयले हेर्नुपर्ने हो । तर, हेरिएन । अहिले समस्या आएपछि गृहले प्रहरी महानिरीक्षकलाई यसको दोष लगाएको छ ।
स्रोतका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डिआईजी विश्व पोखरेललाई ब्रिफिङ गर्नु पर्दैन मलाई गरे हुन्छ भनेर उपाध्यायलाई फकाउने प्रयास गरेका छन् । ‘अब लिखित बिफ्रिङ डिआईजीलाई र मौखिक ब्रिफिङ आईजिपीलाई गर्नुपर्ने अवस्था आएको विमानस्थल प्रहरी कार्यालयका एक अधिकारीले बताए ।
साथै पोखरेलको सरुवापछि महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदी र अपराध महाशाखाका एसएसपी सहकुल थापा समेत निराश भएका छन् । आफ्नै ब्याचका हाकिम भएर आएपछि उनीहरुमा समेत नैराश्यता देखिएको छ । यसको असर शान्ति सुरक्षामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्