Logo
Logo

एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव


630
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिँदै उनले अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका हुन् ।

‘शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना !’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्