Logo
Logo

राष्ट्रियसभामा आज विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने


378
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १२ः २९ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । जसमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेट माथि छलफल हुनेछ ।

सो अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्