Logo
Logo

ललिता निवास प्रकरणमा राजनीतिक हस्तक्षेप छैन: गृहमन्त्री


1.1k
Shares

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् ।

शुक्रबार बिहान निवासमै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा भइरहेको अनुसन्धानमा जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने बताएका हुन् । उनले दोषीलाई कानुनी दायरामा ल्याउन निर्भिकतापूर्वक साथ अगाडी बढ्न प्रहरीलाई निर्देशन समेत दिएको बताए ।

उनले भने, ‘अपराध, ठगी जे छ, ती सब गतिविधिहरुका विरुद्ध अगाडि बढ्नुस् । स्वच्छ अनुसन्धान गर्नुस्, गम्भीर अनुसन्धान गर्नुस्, जो दोषी छ, तथ्य र प्रमाणले पुष्टि गर्छ तिनलाई कानुनको दायरामा ल्याउनुस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्