Logo
Logo

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सञ्चारमन्त्री


378
Shares

काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले विपक्षी दलले राजीनामा माग्दैमा प्रधानमन्त्रीले दिने प्रचलन नभएको बताएका छन् ।

सरकारकी प्रवक्ता समेत रहेकी शर्माले शुक्रबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भ्रष्टाचार विरोधी अभियान चालेपछि विपक्षी दलको टाउको दुखेको र प्रधानमन्त्रीको राजीनामा माग्दैमा दिनुपर्ने प्रचलन कहि पनि नभएको बताएका हुन् ।

केहि दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायी प्रितम सिंह आफुलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको आशयको अभिव्यक्ति दिएका थिए । त्यसैलाई लिएर पछिल्लो समय प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला सरकारका प्रवकताबाट यस्तो भनाई आएको हो ।

‘प्रधानमन्त्रीले बोलेको बिषयमा संसदमा जवाफ माग्ने होइन । राजीनामा चाहिन्छ भन्नेखालको नियोजित रुपमा माग गरिराख्नुभएको छ । त्यसप्रति सरकार गम्भीर छ प्रधानमन्त्रीले के बोल्नुभएको हो सदनमा स्पष्ट पार्नुहोस् भनेको भए सहज हुन्थ्यो,’ उनले भने, ‘विपक्षीले राजीनामा माग्दैन प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने कहि पनि प्रचलन छैन । प्रधानमन्त्रीले राजीनामा दिनहुन्नँ ।’

उनले प्रधानमन्त्रीले आज आफ्नो कुरा राखेर अघि बढ्ने बताइन्। उनले भने, ‘उहाँले आफ्नो कुरा राखेपछि हामी अगाडि बढ्छौं । सरकार गठन भएदेखि नै सुशासन र अन्यायमा परेका मान्छेहरुको पक्षमा र भ्रष्टाचारको विरुद्धमा दृढतापूर्वक उभिएको छ । पछिल्लो समय सरकारले चालेको कदमले कतिपयको टाउनको दुखाइको बिषय बनेको हामीले बुझेका छौं ।’

प्रतिक्रिया दिनुहोस्