काठमाडौं, ४ पुस ।
प्रहरी प्रधान कार्यालयले २४ जना एसपीको सरुवा गरेको छ । सरुवामा पाँच जिल्लाका एसपीहरु फेरिएका छन् ।

झापामा कृष्णप्रसाद कोइराला, धनुषामा रमेश बस्नेत, सिन्धुलीमा रञ्जु सिग्देल, रौतहटमा रविराज खड्का, चितवनमा गंगा पन्त र कञ्चनपुरमा मुकुन्द मरासनी र मकवानपुरमा सुशीलसिंह राठौरको सरुवा भएको छ । सबैको एक वर्ष नपुगी सरुवा भएको छ ।
अवकाश हुने बेलामा आईजिपी सर्वेन्द्र खनालले आफु निकट एसपीहरुलाई जिल्ला इन्चार्जका रुपमा खटाएका छन् ।












