Logo
Logo

ललितानिवासका आरोपीको मुद्दामा सर्वाेच्चले आज आदेश दिने




काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ । आजको आदेशलाई निकै महत्वका साथ हेरिएको छ ।


सर्वाेच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको इजलाशमा सो मुद्दाको आदेश हुँदैछ । हालै सिआइबीले पक्राउ गरेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वाेच्च गएका छन् । गत वर्ष १७ जनाले सर्वाेच्चबाट स्टे अर्डर पाएका थिए । दुवे मुद्दाको अहिले एकमुष्ठ सुनुवाई हुन लागेको हो । गत वर्ष स्टे अर्डर पाएका १७ जनाविरुद्ध पनि सिआइबी भ्याकेटमा गएको छ । आजको आदेशबाट यो मुद्दामा विस्तृत अनुसन्धान हुने/नहुने तय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्