Logo
Logo

२ करोड ठगेको आरोपमा दुई जना पक्राउ


22.2k
Shares

काठमाडौं । जग्जा पास गराइदिन्छु भनी २ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्‍ने ५२ वर्षीय प्रफुल्ल भन्‍ने प्रमोदराज पन्त र काठमाडौं महानगरपालिका-२९ नै बस्‍ने अर्का २६ वर्षीय सोजेश मान मालाकार रहेका छन् ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार उनीहरुलाई काठमाडौं अपराधन अनुसन्धान कार्यालयको टोलीले छायाँ कम्प्लेसबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले दिपेश रत्न शाक्य बुद्धाचार्यलाई अर्काको नाममा दर्ता श्रेष्ता कायम रहेको विभिन्‍न स्थानका जग्गाहरु कानुन विपरीत हक नपुग्‍ने भन्दै व्‍यक्तिको नाममा भएको छुट जग्गा दर्ता गरी कानुन विपरीतका कागजातहरु बनाई पटक-पटक गरी २ करोड ८८ लाख रुपैयाँ लिई सम्पकर्कविहीन भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्