काठमाडौं । चार राजनीतिक दल सम्मिलित ‘समाजवादी मोर्चा’को बैठक भोलि शनिबार बस्ने भएको छ । समाजवादी मार्चा घोषणा गरेपछि पहिलो बैठक बस्ने लागेकाे हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार बैठक शनिबार अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने तय भएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ । मोर्चामा सत्तारुढ दल माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा संलग्न छन् ।










