Logo
Logo

आइचर दुर्घटनामा दुई कर्मचारीको मृत्यु, ६ घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

नुवाकोट, ६ पुस । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीको आइचर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । उनका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको थियो ।
मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन । घाइतेमध्ये दुई जनालाई काठमाडाँै ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्