Logo
Logo

आफ्नै विरुद्ध प्रमाण जुटाउने काम नगरौँ : प्रदीप पौडेल


3.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अहिलेकै अवस्थामा सरकार चलिरह्यो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।

काठमाडौंको बुढानीलकण्ठमा शनिबार आयोजित कार्यक्रममा कांग्रेस सरकार भएको ठाउँमा राम्रो काम गरे बहुमत ल्याउन सक्ने उनको भनाइ छ । कांग्रेसका सांसद समेत रहेका पौडेलले भने, ‘हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौं भने २०८४ को चुनावमा जो जो नयाँ आएपनि हामीलाई कसैले केही गर्न सक्दैन । तर, यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिलेपनि चुनाव जित्न सक्दैनौं ।’

कांग्रेस जुन जुन सरकारमा छ, त्यहाँ सुशासनको पक्ष र भ्रष्टाचारको विपक्षमा काम गर्ने र नागरिकको पक्षमा काम गर्न चाहेको छ भन्ने सन्देश दिनुपर्ने उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्नसमेत आग्रह गरेका छन् । नेता पौडेलले भने, ‘रिस उठ्छ लेख्नुहुन्छ, भोलिपल्ट मेट्नुहुन्छ । हामीले जान्न के प¥यो भने त्यो रातभरमा थुप्रैले स्क्रिन सर्ट गरेर राखिसक्छन् । यस्तो लेख्ने साथी पदका लागि आकांक्षा प्रस्तुत गर्नुहुन्छ, अर्कोले स्क्रिनसर्ट गरेर अर्को प्रतिस्पर्धीले देखाइदिन्छ, त्यसैले आफ्नै विरुद्ध प्रमाण जुटाउने काम नगरौँ ।’

प्रतिक्रिया दिनुहोस्