Logo
Logo

आफ्नै बिद्यार्थीसँग प्रेमसम्बन्ध राख्ने शिक्षक ललितपुरमा पक्राउ




काठमाडौैं । ललितपुरमा शिक्षकबाट बिद्यार्थीमाथि यौन दुव्र्यवहार भएको छ । प्रहरीले शिक्षकलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।


शंखमुलस्थित लिटर फ्लावर्स पब्लिक स्कुलका शिक्षक २३ वर्षिय अशोक परियारले आफ्नै बिद्यार्थीलाई लामो समयदेखि यौन दुव्र्यवहार गर्दै आएका हुन् । बाग्लुङ स्थायी घर भई कुपण्डोल बस्ने परियारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
नौ कक्षामा अध्ययनरत १६ वर्षिया छात्रासँग भेटेर उनले दुव्र्यवहार गर्दै आएको प्रहरीले जनाएको छ । छात्राका परिवारले सो कुरा थाहा पाएपछि प्रहरीमा उजुरी दिएका हुन् । उनीहरुबीचको च्याटका आधारमा दुव्र्यवहार पत्ता लागेको हो ।


शिक्षकले भने छात्रासँग आफ्नो प्रेमसम्बन्ध रहेको बताएका छन् । ‘लामो समयदेखि दुव्र्यवार हुँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिबिक्रम शाहले भने,‘शिक्षकलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’

प्रतिक्रिया दिनुहोस्