Logo
Logo

कोशीको आर्थिक मन्त्री बन्दै जीवन आचार्य


4.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी सरकारमा सहभागी हुने भएको छ । माओवादीले प्रदेश सांसद जीवन आचार्यलाई थापा नेतृत्वको नयाँ मन्त्रीमण्डलमा पठाउने भएको हो ।

माओवादीले शुक्रबार नै आचार्यलाई मन्त्री बनाउने निर्णय गरेको थियो । शुक्रवार नै मन्त्री हुने पक्का भएका आचार्यलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।

शुक्रवारै नेपाली काङ्ग्रेसका तर्फबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

प्रचण्डका ज्वाइँ समेत रहेका आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी भएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्