Logo
Logo

लम्पी स्किन कस्तो रोग हो ?, मान्छेलाई सर्ने सम्भावना कति ?


945
Shares

काठमाडौं । पछिल्लो समय नेपालका गाईभैँसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगले एक खर्व भन्दा बढीको क्षती भइसकेको जनाइएको छ ।

गाईभैँसीलाई हुने यो एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।

सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।

लम्पी स्किन रोगको लक्षण
सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र गर्दछ ।

यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्। छालामा घाउ हुने गर्दछ ।

त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।

खासगरी गाईभैँसीलाई आएको ज्वरो नियन्त्रण गर्न सकिएन भने त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन् ।

मान्छेमा सर्छ कि सर्दैन ?
विज्ञहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन।

एफएओले सन् २०१७ मा आफ्नो एउटा प्रतिवेदनमा लम्पी स्किन रोगले मानिसलाई असर गर्दैन भन्ने पुष्टि गरेको थियो।

“यो रोग मान्छेमा सर्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित नगरेको डाक्छरहरु बताउछन् ।

यसको उपचार के हो ?
यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।

यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ। तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो। सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन ।

भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ। एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहोर्‍याएर गाईभैँसीलाई फेरि नलाग्ने पशु चिकित्सकको भनाइ छ ।

हालसम्म नेपालमा १० लाख ३७,००० मात्रा खोप आयात गरिएकोमा एक लाख ८० हजार ९२२ वटा गाईभैँसीलाई खोप लगाइएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्