Logo
Logo

ज्यान मुद्धाको आरोपमा गाउँपालिका अध्यक्ष राउत पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

वीरगञ्ज, ६ पुस । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा पक्राउ परेका छन् । उनलाई आइतबार पक्राउ गरिएको हो ।
बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यान मुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । राउतलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्