Logo
Logo

‘एमाले सकारात्मक भए मिटरव्याज सम्बन्धी कानुन छिटै अघि बढ्छ’


441
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैका लागि बन्द गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले सदन अवरुद्ध गर्दा नीति नियम बनाउने काम नै अवरुद्ध भएको भन्दै साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैका लागि बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले पटक पटक सदन अवरुद्ध गरेर एमालेले नयाँ रेकर्ड कायम गर्न खोजेको टिप्पणी गरे । उनले एमाले सकारात्मक भए मिटरव्याज सम्बन्धी कानुन छिटै अघि बढ्ने जिकिर गरे ।

त्यस्तै कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको राजनीतिमा अनुकुलको व्याख्याले समस्या सिर्जना भएको बताए । दक्षिण र उत्तरलाई हेर्ने दृष्टिकोण सत्तामा रहदा एउटा र विपक्षमा हुदा अर्को हुने प्रवृतिलाई अन्त्य गर्नुपर्ने उनले बताए । उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको आशय प्रष्ट पार्नपनि सदन चल्नुपर्ने जिकिर गरे ।

त्यस्तै, एमाले नेता गोकुल बास्कोटाले प्रधानमन्त्रीको कार्यालयले जारी गरेको नोट भ्रमित भएको र यसले नयाँ समस्या सिर्जना गरेको बताए । उनले भ्रष्टाचार नियन्त्रणमा एमालेले रोक्यो भनेर सस्तो भ्रम छर्न खाजेको जिकिर गरे ।

उनले मिटरव्याज समस्या समाधानका लागि सरकारले ढिलागरि सदनमा बिधेयक ल्याएका कारण समस्या भएको र यसमा पनि एमालेलाई मुछ्नुपर्ने कुनै कारण नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्