Logo
Logo

पुसमा २३ मा नेकपाको केन्द्रीय समिति बैठक बस्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ पुस ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक पुस २३ मा बस्ने भएको छ। मंसिर २९ देखि जारी स्थायी कमिटीको बैठकले पुस २३ को मिति तय गरेको हो ।
स्थायी समिति सदस्य किरण गुरुङका अनुसार बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरकेो हो । बैठकमा अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमा भने माघको पहिलो हप्ताभित्र केन्द्रीय समितिको बैठक आयोजना गर्ने उल्लेख थियो। तर, बैठकमा बोल्ने कतिपय नेताहरुले यथाशक्य छिटो बैठक बोलाउन माग गरेका थिए।


नेकपाको विधान अनुसार केन्द्रीय समितिको बैठक ६ महिनामा एक पटक बस्नुपर्छ। तर, २०७३ जेठ ३ गते पार्टी एकीकरण भएपछि एकपटकभन्दा बढी बैठक बसेको छैन।

०७५ जेठ १० मा निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि सबै केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता र माइन्युट तयार गर्न बैठक बसेको थियो। बैठकमा अध्यक्षद्वयद्वले सम्बोधन गरेका थिए। पार्टी केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नभएपछि मुखरित भएको आलोचनालाई ओलीले थामथुम पार्ने प्रयास गरेका थिए। उनले महाधिवेशनपछि ३३ प्रतिशत महिला प्रतिनिधित्व गर्ने बताएका थिए। तर, त्यसपछि भने बैठक बसेको थिएन। समयमा बैठक नबस्दा पार्टी कमजोर बन्दै गएको छ भने नेताहरुमै असन्तुष्टि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्