Logo
Logo

सन्दीप क्षेत्रीलाई आवश्यक कारबाही गर्छौं : कैलाश सिरोहिया



काठमाडौं । कान्तिपुर मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले हास्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्रीलाई कारबाही गरिने बताएका छन् ।

नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘ह्वाट द फ्लप’मा निम्ता गरेपछि कान्तिपुरका अध्यक्षले सन्दीपमाथि एक्सन लिने बताएका हुन् ।

कार्यक्रममा पलले जेल बस्दाका अनुभव सुनाउँदा सन्दीपले त्यसलाई तालि पड्काटार मजाक बनाउँदै हाँसिरहेका थिए । बलात्कार जस्तो विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाक बनाइएको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ ।

महिला अधिकारकर्मी अमृता लम्सालले कैलाश सिरोहियालाई मेन्सन गर्दै लेखेकि छन्, ‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक ।’

त्यस्तै, अर्का ट्वीटर प्रयोगकर्ता दिनेश काजी लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ ?…को पीडामा उसको छोरीको अनुहार याद आएन छ ? अझ अट्टहास पो गर्दैछ ।’

आलोचना बढेपछि कान्तिपुरका अध्यक्ष सिरोहियाले ‘यो घटनालाई गम्भीर रूपमा लिएको र आवश्यक कारबाही गरिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्