
काठमाडौं । नेपाल भित्रिने रेमिट्यान्समा २२.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उक्त वृद्धि आएको हो ।
उक्त अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ नेपाल भित्रिएको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १३ प्रतिशतले वृद्धि भएर आठ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १.८ प्रतिशतले बढेको थियो ।











